Lucky-Khabar_

४० हजार धरौटी मादुर्गा प्रसाईंलाई रिहा गर्न आदेश

२७मन्सिर्, काठमाडौं | मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए । साइबर अपराधमा प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर गरेपछि बिहीबार थुनछेक बहसपछि उनलाई न्यायाधीशले धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

यद्यपि उनीविरुद्ध अर्को पक्राउ पुर्जी पनि भएकाले धरौटी बुझाएर रिहा भएलगत्तै फेरि पक्राउ पर्न सक्ने बताइएको छ ।

content ad p2

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर