Lucky-Khabar_

सुदूरपश्चिम रोयल्सले पोखरालाई हराउँदै प्लेअफमा

३० मंसिर,काठमाण्डौ ।पोखरा एभेन्जर्सलाई नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले हराउँदै प्लेअफमा पुगेको छ। टियु क्रिकेट मैदानमा पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफ स्थान सुरक्षित गरेको हो।

content ad p2

सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रन बनाउँदै अलआउट भएको हो। पोखराका लागि ओपनर एन्ड्रिज गोउसले ३६ रन बनाए। उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

रेमन रिफरले ३३ रन, किरण ठगुनाले ३२ रन, दिनेश खरेल १५ रन र जेन मिलकले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

सुदूरपश्चिमका लागि स्कट केग्गेलिनले सर्वाधिक ५ विकेट लिए। हर्मप्रित सिंहले ३ विकेट लिँदा सैफ जैबले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा १५३ रन बनाएको थियो। सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन बनाए। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे। सुदूरपश्चिमले पहिलो विकेटका रूपमा ओपनर सैफ जैबलाई गुमायो। उनी ८ बलमा १ चौकासहित रेमोन रेफरबाट बोल्ड आउट भए।

३.६ ओभरमा सागर ढकालको बलमा कप्तान कुशल भुर्तेलको हातबाट ब्रान्डन म्याकमुलेनको क्याच छुटेको थियो। उनी त्यसबेला १२ रनमा खेलिरहेका थिए। उनै म्याकमुलेनको विकेट कुशलले आफ्नै नाममा राखे। सुदूरपश्चिमको तेस्रो विकेटका रूपमा म्याकमुलेक २३ रन बनाउँदै सागर ढकालको हातमा क्याच भए।

त्यस्तै दोस्रो विकेट भने विनोद भण्डारीको गयो। उनले १६ बलमा १ चौका र १ छक्कासहित १४ रनमा कुशल भुर्तेलको बलमा विपिन खत्रीको हातमा क्याच भए। चौथो विकेट हर्मप्रित सिंहको गयो। उनले १० बलमा १ छक्कासहति १३ रन बनाउँदै माइकल लिस्कको बलमा सुदीप अर्यालको हातमा क्याच भए।

१३.३ ओभरमा सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १०० रन पूरा गरेको थियो। पाँचौं विकेटका लागि इशान पाण्डेले आरिफ शेखसँग २२ रनको साझेदारी गरे। १८.१ ओभरमा सुदुरपश्चिमले इशान पाण्डेलाई रिटायर हर्ट गराई स्कट केग्गेलिनलाई क्रिजमा उता । छैटौं विकेट स्कट केग्गेलिनको गयो। उनले ३ बलमा २ रन बनाए। आरिफसँगै आठौं विकेटका लागि नरेश बुढा ऐर ६ रनमा अविजित रहे। पोखराका लागि कुशल भुर्तेलले २ विकेट लिए। माइकल लिस्क, सागर ढकाल र रेमोन रेफरले समान १/१ विकेट लिए।

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग–२: नेपालमा त्रिदेशीय सिरिज सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

लक्की खबर

आईसीसी विश्वकप लिग–२ का लागि १५ सदस्यीय नेपाली टोली तयार

लक्की खबर

नेपालको इनिङ: आसिफ र अर्जुनको बलियो साझेदारी

लक्की खबर