१६पुष,काठमाडाैं- एआईजी दर्जाको नेपाल प्रहरीमा थप १ दरबन्दी रिक्त भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख किरण बज्राचार्य ५६ वर्षे उमेर हदका कारण अवकाश भएसँगै रिक्त संख्या २ पुग्न लागेको हो । त्याे सँगै एआईजीमा २ दरबन्दी खाली हुनेछ ।
यहि पुस ४ गते एआईजीको दर्ज्यानी चिह्न लगायका भरतबहादुर बोहरा उमेर हदकै कारण ११ गतेदेखि अवकाशमा गइसकेका छन् । २ एआईजी रिक्त भएपछि उक्त दर्जामा बढुवाका लागि मुख्यतः तीन प्रतिस्पर्धी छन् । चैत ४ गते रातिबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने वर्तमान आईजीपीका तीन ब्याचीबीच बढुवाको प्रतिस्पर्धा चलेको हो । एआईजी बढुवाका लागि डीआईजी कुवेर कडायत, रवीन्द्र केसी, जनक भट्टराई बढुवाको दाबेदार छन् ।
बढुवा दाबेदारहरु मध्ये कडायत, केसी, भट्टराई आउँदो ५ चैतमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् ।




