Lucky-Khabar_

वीरगन्ज महानगरलाई सुरक्षित शहर बनाउन थप सीसीटीभी जडानका लागि त्रिपक्षीय सम्झौता

१५ पुष,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा थप सीसीटीभी जडानका लागि त्रिपक्षीय सम्झौता भएको छ ।
वीरगञ्ज महानगरपालिका, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, र जिल्ला प्रहरी कार्यालय पर्साबीच त्रीपक्षीय सम्झौता भएको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको विशेष उपस्थितिमा, महानगर क्षेत्रभर सिसिटिभी क्यामेराको सञ्जाल विस्तार गरी सार्वजनिक सुरक्षा सुदृढ गर्ने योजनाका साथ आज सम्झौतामा हस्ताक्षर भएको छ । पछिल्ला वर्षहरूमा वीरगञ्जमा चोरी, डकैती, र अन्य आपराधिक गतिविधि बढ्दै गएकाले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न ‘सेफर वीरगञ्ज’ सहमतिलाई अत्यन्त महत्वपूर्ण मानिएको छ ।

content ad p2


सिसिटिभी क्यामेराको सञ्जालले सहरका प्रमुख क्षेत्रहरूमा निगरानीको दायरा बढाउनुका साथै अपराध रोकथाममा ठोस योगदान पु¥याउने विश्वास छ । सम्झौता अनुसार, वीरगञ्ज महानगरपालिकाले यस योजनामा प्रमुख भूमिका निर्वाह गर्नेछ ।

स्थानीय बैंक, वित्तीय संस्था, व्यावसायिक प्रतिष्ठान, तथा सरोकारवालाहरूबाट सहयोग जुटाउन महानगरपालिकाले पहल गर्नेे साथै, सिसिटिभी क्यामेरा र सम्बन्धित उपकरणहरूको जडान, मर्मत, रेखदेख, र बजेट विनियोजनको जिम्मेवारी महानगरपालिकाले लिने बताएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले महानगर र प्रहरीसँग समन्वय गरी सिसिटिभी क्यामेराको सञ्जाल विस्तार गर्ने र आवश्यक आर्थिक स्रोत जुटाउनेछ । सहयोग सङ्कलनका लागि छुट्टै बैंक खाता स्थापना गरी सङ्कलित रकमको पारदर्शिता पनि सुनिश्चित गरिनेछ ।

जिल्ला प्रहरी कार्यालय पर्साले सिसिटिभी क्यामेरा र उपकरणहरूको सुरक्षाको जिम्मा लिँदै परियोजनाको प्राविधिक पक्ष व्यवस्थापनमा सहयोग पु¥याउनेछ ।

प्रहरी कार्यालय परिसरमा स्थापना गरिने कन्ट्रोल रुमको सञ्चालन, निगरानी, र मर्मत सम्भार पनि प्रहरीको जिम्मेवारीमा रहनेछ ।सम्झौतामा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवाल र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले हस्ताक्षर गर्नुका साथै परियोजनालाई सफल बनाउन आ–आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

माग सम्बोधन नभए आइतबारदेखि आमरण अनसनको चेतावनी

Akleshsaran Patel

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर