Lucky-Khabar_

सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरीका इन्स्पेक्टर तुलाधरको मृत्यु

१७ पुष, सर्लाही यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा सर्लाहीमा ड्युटीमा रहेका एक सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

content ad p2

गएराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको हो ।

बसले थिच्दा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकहरुले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।

बा ०१-००६ ख २००४ नम्बरको राजदेवि बस छतौनाबाट काठमाडौंतर्फ जाँदै गरेको अनियन्त्रित भई पल्टिएर इन्सपेक्टर तुलाधरलाई थिचेको थियो ।

सर्लाही प्रहरीले जनाए अनुसार सशस्त्र प्रहरी १० नम्बर गण दरबन्दीका इन्सपेक्टर तुलाधर गत असोज ४ गतेदेखि बीओपी छतौनामा कार्यरत थिए ।

सम्बन्धित खबर

अमेरिकाको मियामी विमानस्थलमा अमेजनका लागि उडेको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

लक्की खबर

ईभीको ठक्करबाट केडिया आँखा अस्पताल अगाडि ७ वर्षीय बालकको मृत्यु

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर