Lucky-Khabar_

रास्वपा सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेसहित स्वर्णलक्ष्मी ठगी प्रकरणमा४४ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको राय

१८पुष, काठमाडौं | स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।  रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गरेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी गराएको छ ।

content ad p2

जाहेरीको १० महिनापछि अनुसन्धानलाई गति दिएको प्रहरीले आरोपितहरूको बयान तथा सोधपुछ, सहकारीसम्बन्धी कागजातको अनुसन्धान, कार्यालयमा भेटिएका तथा नक्कली ऋण बनाएर अपचलन गरेका विषयहरूलगायत अध्ययन गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो । साे प्रकरणमा १ अर्ब १९ करोड रुपैयाँ बढी बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।

सरकारी वकिल कार्यालयले प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर