Lucky-Khabar_

रौतहटमा सुरुङ बनाएर ५ लाख बराबरको सामग्री र नगद चोरी गर्ने चार जना पक्राउ

१८पुष, वीरगञ्ज ।रौतहटमा सुरुङ बनाएर ५ लाख बराबरको सामग्री र नगद  अत्यन्तै गम्भीर चोरीको घटना घटेको छ । चोरीका समूहले फतुवा विजयपुर नगरपालिका–६ स्थित  घरमा सुरुङ खनेर ५  लाख बराबरको धनमाल लुटपाट गरेका छन् ।

content ad p2

पीडित  राज किशोर साहका अनुसार, बुधवार राति करिब १२ बजे चोरहरूले घरमा सुरुङ मार्ग हुँदै पसेर ५  वटा मोबाइल, गरगहना र नगद २  लाख रुपैयाँ चोरेका छन्  । चोरीपछि साह परिवारले इलाका प्रहरी कार्यालय सन्तपुरमा जानकारी गराए पनि तत्काल कुनै कदम नचालिएको गुनासो गरेका छन् ।

गाउँका युवाहरूले आफैँ सक्रिय हुँदै चोरी भएको मोबाइलको लोकेसन पत्ता लगाई खोजतलास गर्दा फतुवा गाउँको मठछेउ ४  जना चोरलाई फेला पारेका छन् ।  पछि, इलाका प्रहरी कार्यालय विजयपुरले उक्त चोरहरूलाई नियन्त्रणमा लिएको छ ।

स्थानीयले बताए अनुसार पक्राउ परेका चोरहरू कलैया क्षेत्रबाट घुम्दै मागेर गुजारा गर्दै आएका थिए । साथै, इलाका प्रहरी कार्यालय सन्तपुरको कमजोर गस्ती व्यवस्थाका कारण बारम्बार यस्ता चोरीका घटना भइरहने गुनासो पनि गाउँलेहरूले गरेका छन् ।

भर्खरै मात्र पेटभर्वा गाउँमा ४  वटा घरमा चोरी भएको घटनाको अनुसन्धान अझै थालिनु नसकेको र निरन्तर चोरीको डरले गाउँले त्रसित बनेका छन् । यस घटनाले सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न स्थानीयले  उठाएका छन् ।

प्रहरीले बताए अनुसार  घटना सम्बन्धी अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँ घुस रकमसहित दुई जना पक्राउ

लक्की खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर