Lucky-Khabar_

पत्रकार साहलाई सामाजिक सञ्जालमार्फत दिइएको धम्कीप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण

१९मन्सिरा, वीरगञ्ज । वीरगञ्जका क्रियाशील पत्रकार जियालाल साहलाई समाचार लेखेकै कारण सामाजिक सञ्जालमार्फत दिइएको धम्की र मानसिक दबाबप्रति नेपाली पत्रकार महासङ्घ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

content ad p2

पत्रकार महासङ्घ पर्साका सचिव विजय कुमार महतोले जारी गरेको प्रेस विज्ञप्तिमा सिधा कुरा डटकम अनलाइन पोर्टलमा प्रकाशित १  समाचारलाई लिएर पत्रकार साहलाई लक्षित गर्दै धम्कीपूर्ण गतिविधि भएको उल्लेख गरिएको छ ।

साहले केही दिन अगाडी प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवाप्रसौनीमा आयोजित कार्यक्रममा ‘विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पार्टीमा प्रवेश गराइएको’ भन्ने विषय समाचार लेखेका थिए ।

महासङ्घका अनुसार उक्त समाचारपछि सामाजिक सञ्जालमा पत्रकार साहको फोटो प्रयोग गरी धम्कीपूर्ण स्ट्याटस लेख्नु र लेख्न लगाउनु अत्यन्त आपत्तिजनक कार्य हो ।

महासङ्घले यदि प्रकाशित समाचारप्रति कुनै असन्तोष भए कानुनी उपचारको बाटो अपनाउनुपर्नेमा सामाजिक सञ्जालमार्फत धम्की दिनु आम सञ्चारकर्मी र सञ्चारमाध्यममाथि प्रहार भएको ठहर गरेको छ । विगत केही समयदेखि सञ्चारकर्मीप्रति देखिएका विभिन्न प्रकारका धम्की र दुर्व्यवहारले लोकतन्त्रको पक्षमा उभिएका सञ्चारकर्मीमाथि असुरक्षा सिर्जना गरेको महासङ्घको भनाइ छ ।

महासङ्घले यस्तो घटनालाई गम्भीरतापूर्वक लिएर सम्बन्धित पक्षलाई पत्रकारहरूमाथि गरिने दुर्व्यवहार रोक्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

पत्रकार महासङ्घले लोकतन्त्र र विधिको शासनको पक्षमा काम गर्ने सञ्चारकर्मीहरूलाई डर धम्कीबाट बचाउन सरकार, राजनीतिक दल र सम्बन्धित निकायलाई तत्काल पहल गर्न आग्रह गरेको छ । साथै, पत्रकार साहविरुद्ध भइरहेको धम्कीपूर्ण गतिविधिको छानबिन गरी कानुनी कारबाही थाल्न जोडदार माग गरेको छ ।

महासङ्घले पत्रकारको सुरक्षा र सम्मानका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको समेत दोहोर्‍याएको छ ।

सम्बन्धित खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

छोराको न्यायका लागि संघर्षरत रवि पराजुलीको निधन, घाइते रिदमले दिए बुवालाई अन्तिम दागबत्ती

लक्की खबर