Lucky-Khabar_

एमसीसीले नेपाललाई ६ अर्ब ८० करोड अतिरिक्त सहायता उपलब्ध गराउने

१९ पुष,काठमाडौँ । नेपाललाई अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले ६अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ।

गत २०८० साल भदौदेखि कार्यान्वयन भएको अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा ९२ अर्ब बराबरको एमसीसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसीसी सञ्चालक समितिले आज जनाएको छ।

“मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप ५  करोड अमेरिकी डलर स्वीकृत गरेको छ। बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरूमार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्ने एमसिसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतामा जोड दिएको छ”, एमसीसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’को सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एमसिसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।

एमसीसी परियोजनाअन्तर्गत ४  सय केभीको डबल सर्किट ३  सय १५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ। काठमाडौंको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइने छ। प्रसारण लाइन निर्माणपछि नेपाल–भारतबीच ३  हजार मेगावाट बिजुली आदानप्रदान सम्भव हुनेछ।


content ad p2

सम्बन्धित खबर

घरमै राहदानी पुर्‍याउने सेवा विस्तार: अब सेवाग्राहीलाई सहज हुने

लक्की खबर

वनमै कुहिँदै वार्षिक २० अर्बको साल: नीतिगत झमेलाले राज्यलाई अर्बौँको घाटा

लक्की खबर

चीनको पटाका उद्योगमा भीषण आगलागी: २६ जनाको मृत्यु, ६१ घाइते

लक्की खबर