Lucky-Khabar_

पर्सा प्रहरीले द्वारा २० वर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ

१९माघ, वीरगन्ज | पर्सा प्रहरीले लागू औषध मुद्दामा अदालतबाट सजाय पाएर फरार रहदै आएका प्रतिबादीलाई पक्राउ गरेको छ ।

content ad p2

पक्राउ पर्नेमा वीरगञ्ज महागरपालिका वडा नं.१६ नगवा बस्ने ४१ बर्षका चन्दनकुमार रौनियार रहेका छन् ।

रौनियारलाई जिल्ला अदालतले २०६१ असार १३ गतेको फैसलाले लागु औषध चरेश मुद्दामा दोषी ठहर गर्दै दुइ बर्ष ७ महिना कैद र १० हजार जरीवाना दण्ड सजायको फैसला तोकेको थियोे ।

सोही बेलादेखि फरार रहदै आएका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले पक्राउ गरेको हो।

नगवाबाट बिहीबार उनलाई पक्राउ गरेको पर्साका प्रहरी प्रबक्ता डिएसपी सुबास भट्टले जानकारी दिए ।यस्तै बिहीवार नै उक्त टोलिले विभिन्न मुदामा चौबीस हजार ३४७ जरिवाना तोकिएका १२ जना फरार प्रतिबादीलाई पक्राउ गरेको उनले बताए।

पक्राउ परेका सबैलाई आवश्यक कारवाहिको लागि अदालतमा बुझाइएको भट्टले जनाएको छ  ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर