Lucky-Khabar_

चार जना सुनचाँदी पसलमा डाँका योजनामा पक्राउ

२४माघ,सिरहा|प्रहरीले १ भारतीय नागरिकसहित ४ जनालाई सिराहाको लहान नगरपालिका– ७ पुरानो बजारस्थित सुनचाँदी पसलमा डाँका गर्ने योजना बनाएको गोप्य सूचनाको आधारमा पक्राउ गरेको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पुरानो बजारस्थित दुर्गा मन्दिरनजिकै रहेको विकास ट्रेडर्स (सुनचाँदी पसल)मा डाँका गर्ने योजना बनाएको आरोपमा सिराहाको सुखीपुर नगरपालिका– ८ का करिब ४५ वर्षीय इन्दल भनिने इन्द्रनारायण चौधरी, लहान– २२ का करिब ३१ वर्षीय भैरव भनिने देवकुमार मुखियालाई जिल्लाबाट खटिएको टोलीले लहानबाट पक्राउ गरेको हो।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानको कमान्डमा खटिएको टोलीले भारतको पश्चिम बंगाल हुगली जिल्ला ग्राम पञ्चायत भगवतीपुर– ७ का निरोज भनिने मेहराज मोन्डल तथा लहान– ४ का करिब ४१ वर्षीय दिनेश विश्वकर्मासहितलाई पक्राउ गरी बुधबार सिराहा जिल्ला अदालतबाट थप अनुसन्धानका लागि म्याद थप गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिल्ला उद्योग वाज्य संघ सिराहाका अध्यक्षसमेत रहेका ट्रेडर्स सञ्चालक विकासकुमार शारदाले दिएको जाहेरीको आधारमा चारजनालाई पक्राउ गरिएको हो।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर