२७ माघ,काठमाडौं ।खगेन्द्र सुनार नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोज्दा पक्राउ परेका छन्। सोमबार दिउँसो संसद भवन प्रवेश गर्ने क्रममा खगेन्द्र सुनार पक्राउ परेका प्रहरीले जनाए।

अन्तरजातीय विवाह गरेका सत्येन्द्र र नेहाका लागि न्याय माग्दै उनी संसद भवन पश्न खोजेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार फलामे साङलोसहित सुनारले निषेधित क्षेत्र तोडेर संसद भवन प्रवेश गर्न खोजेका थिए। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ।
खगेन्द्रले ‘दलितलाई खै’ भन्दै खुट्टामा नेल लगाएर माइतीघर प्रदर्शन गर्दै आएका छन्। उनी संसद भवन भने दोस्रो पटक प्रवेश गर्न खोजेका हुन्। उनले गृहमन्त्री रमेश लेखककै निर्देशनमा अन्तरजातीय विवाह गरेका जोडीलाई छुटाउनका लागी प्रहरी प्रयोग गरेको र दमन गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्।



