Lucky-Khabar_

सांसद प्रभु हजराको गण्डक नहरका जीर्ण पुल पुनर्निर्माण गर्न माग

४फागुन,वीरगञ्ज। वीरगञ्जको गण्डक नहरमा रहेका जीर्ण पुलहरूको पुनर्निर्माणका लागि प्रतिनिधि सभा सदस्य प्रभु हजराले सरकारको ध्यानाकर्षण गराएका छन् ।

content ad p2

सांसद हजराले आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै गण्डक नहर तथा तिलावे नदीमा रहेका पुल जीर्ण भइसकेको हुँदा तत्काल पुनर्निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सिंचाई मन्त्रालयलाई तत्काल पहल गर्न आग्रह गर्दै पुल निर्माण र मर्मत सम्भार नगरे आउँदो वर्षायाममा आवागमन पूर्णरूपमा अवरुद्ध हुने चेतावनी दिए ।

गण्डक नहरमा रहेको तिलावे पुल र सिर्सिया पुल दुवै अत्यन्त जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै यस क्षेत्रका सर्वसाधारणलाई आवतजावतमा ठूलो समस्या भइरहेको सांसद हजराले बताए । उनले बर्खायाम नजिकिएकाले तत्काल बेलिब्रिज निर्माण गरी समस्या समाधान गर्न सरकारलाई आग्रह गरे ।

स्थानीयबासीले समेत पुल जीर्ण अवस्थामै हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै चासो व्यक्त गर्दै आएका छन् । सांसद हजराले यथाशीघ्र आवश्यक कदम नचालिए जनताको दैनिकी कष्टकर बन्ने भन्दै सरकारलाई ठोस निर्णय लिन आग्रह गरे ।

सम्बन्धित खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर

बाढीमा बेपत्ता विकास बर्नवालको परिवारलाई सांसद चौरसियाद्वारा समवेदना

लक्की खबर