Lucky-Khabar_

९ महिनामा ३५ करोड भन्दा बढी सामान सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा बरामद

४ फागुन,वीरगञ्ज ।आर्थिक बर्ष २०८१ जेष्ठ महिनादेखि माघ सम्म सशस्त्र प्रहरीले ३५ करोड ५९ लाख २१ ह्जार ९१० रुपैंया मूल्य बराबरको राजस्व छलिको सामानहरु बरामद गरि वीरगन्ज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले बताए ।

content ad p2

२०८१ जेष्ठ महिनादेखि माघसम्ममा २३ लाख ४१ हजार ३५८ रुपैंया मूल्य बराबरको बरामद सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाएको उनले बताए । त्यस्तै १२ करोड १७ लाख ९४ हजार ५५२ रुपैंया मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक धामीले बताए ।

दुवैतर्फ बुझाएको बरामद सामानको मूल्य ३५ करोड ५९ लाख २१ ह्जार ९१० रुपैंया पुगेको हो । सशस्त्र प्रहरीले अघिल्लो आर्थिक बर्ष २०८० को जेष्ठदेखि माघ महिनासम्म १७ करोड ९ लाख ६९ हजार १९६ रुपैंया मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साको तथ्यांकले देखाएको छ ।

अघिल्लो आर्थिक बर्षको नौ महिनामा सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वार्टरले ७ करोड ३९ लाख १४ हजार ६१८ रुपैंया मूल्य बराबरको सामान बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाएको थियो । भने, राजस्व अनुसन्धान कार्यालयमा ९ करोड ७० लाख ५४ हजार ५७८ रुपैंया मूल्य बराबरको बरामद सामान बुझाएको थियो ।

यसैबीच सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साले २०७९÷८० को तुलनामा २०८०/८१ मा राजस्व सङ्कलनको दर उल्लेखनीय रूपमा वृद्धि गरेको छ । भन्सार, राजस्व अनुसन्धान, तथा अन्य सरकारी निकायमा बुझाइएको रकम गत वर्षको तुलनामा वृद्धि हुनु सीमा क्षेत्रमा सुरक्षा निगरानीको प्रभावकारि रहेको सङ्केत देखिन्छ ।

सशस्त्र प्रहरी बलका अनुसार, राजस्व सङ्कलन वृद्धि गर्नुका साथै अवैध तस्करी नियन्त्रण गर्न नियमित निगरानी बढाइएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न आगामी दिनमा थप कडा निगरानी र छानबिन गरिने सम्बन्धित अधिकारीहरूले बताएका छन् ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्साले मातहत स्थापना गरिएका बोर्डर आउट पोष्ट (बिओपी) को भवन निर्माणका लागि जग्गा खोजी कार्यलाई पनि जारी राखेको छ । सशस्त्र प्रहरीको वोर्डर आउट पोष्ट निर्माणका लागि पर्साका तीन स्थानमा जग्गा प्राप्तीको लागि जिल्लाबाट आवश्यक प्रकृया पूरा भएको सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले बताए ।

धिमालका अनुसार पर्साको जगरनाथपुर गाउँपालिकाको पाँडेपुर, पिडरीगुठी, धोविनी गाउँपालिकाको भीखमपुर, जीराभवानी गाउँपालिकाको महादेवपट्टीमा स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) को लागि जग्गा खोज्ने काम सकिएको छ । यी ठाउँहरुमा जग्गा निश्चित भएको र अब मन्त्रीपरिषदको निर्णयबाट स्वकृत भएर आएमा बीओपी भवन निर्माणका लागि बाटो खुला हुने सशस्त्र प्रहरी उपरीक्षक धिमालले बताए ।

सम्बन्धित खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

छोराको न्यायका लागि संघर्षरत रवि पराजुलीको निधन, घाइते रिदमले दिए बुवालाई अन्तिम दागबत्ती

लक्की खबर