५ फागुन, वीरगञ्ज । भारतको नयाँदिल्लीमा सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्र जमिनभित्र करिब ५ किलोमिटर गहिराइमा थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पले दिल्ली हल्लिएपछि सबैलाई सुरक्षा सावधानी अपनाउन अपील गरेका छन् । साथै सुरक्षा अधिकारीलाई निगरानी बढाउन पनि निर्देशन दिएका छन् ।


