Lucky-Khabar_

चितवनको मोटरसाइकल ठोक्किँदा १जनाको मृत्यु२ जना घाईते

९ फागुन,चितवन । सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गएराति विपरीत दिशाबाट आएका ३ मोटरसाइकल एकापसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी भक्तपुर अनुसार दुर्घटनामा रामेछाप सुनापाति गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको छ । गम्भीर घाइते भएका निजको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

content ad p2


दुर्घटनामा सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ । निजको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन् ।

सम्बन्धित खबर

अमेरिकाको मियामी विमानस्थलमा अमेजनका लागि उडेको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

लक्की खबर

ईभीको ठक्करबाट केडिया आँखा अस्पताल अगाडि ७ वर्षीय बालकको मृत्यु

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर