Lucky-Khabar_

काङ्ग्रेसका वडा अध्यक्षका प्रत्यासीसहित १ सय जना माओवादीमा प्रवेश

१७ फागुन सिरहा । सिरहाको औरही नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका प्रत्यासी गंगाराम यादवसहित १ सय भन्दा बढी काङ्ग्रेसका नेता कार्यकर्ता नेकपा माओवादी पार्टीमा प्रवेश गरेका छन् ।

content ad p2

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा औरही ४ इटाटारमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले नवप्रवेशीलाई स्वागत गर्नुभएको हो ।


गत स्थानीय निर्वाचनमा यो वडा माओवादी केन्द्रले जितेको थियो भने काङ्ग्रेस दोस्रो भएको थियो । आज माओवादी केन्द्र प्रवेश गर्नुभएका यादवले उक्त निर्वाचनमा ५२५ मत प्राप्त गर्नुभएको थियो । यो वडा यादव समुदायको बाहुल्यता भएको वस्ती हो।

अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने बताए । लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिए।

सम्बन्धित खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

कांग्रेस–कम्युनिस्टकै कारण देशमा भाँडभैलो मच्चियो : उपेन्द्र यादव

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर