२०फागुन्,बिरगंज | सोमबार हिजो १९ गते बहुअर्वा पर्सामा नेकपा एमाले बिन्दबासिनी गाउँपालिका एमाले कमिटीको दोस्रो अधिवेशन समापन भएको छ |

बिन्दबासिनी गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट गम्भिरा साह तेली ज्यूको नेतृत्वमा ३१ सदस्य पालिका कमिटी पनि सर्वसम्मतबाट चयन भएकोका छन् |

उक्त कमिटिमा उपाध्यक्ष उमेश चौरसिया,सचिवमा धिरज चौरसिया,उपसचिवमा गजारी साह र सुगान्धि देबी लगायत ३१ सदश्यहरु चयन भएका छन् |
अधिवेशन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको प्रमुख अथितित्यमा जिल्ला स्तरीय नेता लक्षमण चौरसिया लगायतका बिभिन्न नेता तथा कार्यकर्ताहरुको बिशेष उपस्थिति रहेका थिए |



