Lucky-Khabar_

लुटपाटमा सुरक्षा माग्दै महोत्तरीमा सुनचाँदी व्यापारीले गरे बजार बन्द

४ चैत,जनकपुरधाम । महोत्तरीमा लुटपाटमा सुरक्षा माग्दै महोत्तरीमा सुनचाँदी व्यापारीले बजार बन्द गरेको छ| बलवा नगरपालिका–३ पडौल बजारस्थित शिवशान्ति ज्वेलर्समा शनिबार राति लुटपाट भएको थियो। जीप चढेर आएका लुटेराहरूको समूहले पसलबाट २० तोला सुन, १ लाख ५० हजार नगद, लकर र क्यामराको हार्डडिस्क लुटेर लगेको पसल सञ्चालक अरुणकुमार साहले बताएका छन् छन्।

content ad p2

राति करिब १० बजे ५ जनाको समूहमा आएका लुटेराहरूले पसलमा प्रवेश गरी लुटपाट गरेका थिए। उनीहरू बर्दिबासतर्फ भागेको सीसीटीभी फुटेजमा देखिएको स्थानीयले बताएको छ।


घटनापछि स्थानीय व्यापारीहरूले सुरक्षा व्यवस्थामा प्रश्न उठाउँदै बजार बन्द गरि सडकमा टायर बालेर प्रदर्शनसमेत गरेका छन्। व्यापारीहरूले प्रहरी प्रशासनले सुरक्षा दिन नसकेको आरोप लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ताका अनुसार, घटनाको अनुसन्धान भइरहेको छ र लुटेराहरूको खोजी कार्य तीव्र पारिएको बताईएको छ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर