८ चैत,वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी १५ गते काठमाडौँमा हुने जनप्रदर्शनपछि देशको राजनीति सही ट्र्याकमा आउने आधार तय हुने बताएका छन् ।

अध्यक्ष ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुने उक्त सभामा सहभागी हुन पनि सर्वसाधारणलाई पर्साको ठोरी गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा आग्रह गरेका हुन् ।
‘यो सरकार उल्टो बाटो हिँडिरहेको छ । त्यसकारण यसलाई बढी नै सजक गराउनुपर्ने खबरदारी गर्नुपर्ने आवश्यकता छ । त्यसमा तपाईँहरू पनि ठूलो संख्यामा उपस्थित हुन आग्रह गर्दछु, प्रचण्डले भने ।
‘मलाई लाग्छ १५ गते हामीले गर्ने विरोध सभापछि देशको राजनीति सही ट्र्याकमा आउने आधार बन्नेछ,’ ‘प्रचण्डले भने, ‘फेरि एकचोटी जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वाससहित तपाईँहरू सबैलाई बढीभन्दा बढी संख्यामा काठमाडौँ आउन आग्रह गर्छु ।’
उक्त सभापछि पुनः एक पटक जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वास ‘प्रचण्ड’ले दिलाएका छन् ।




