Lucky-Khabar_

कोठामा बसेर होइन यहाँ आएर समाधान खोज्‍नुस् ,मेयर बालेनलाई उपमेयर सुनिताको चुनौती

२१चैत्, काठमाडौं| काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ तीन महिना १४ दिनपछि आज कार्यालय पुगेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै एक महिना अघि पत्र पठाएको थियो। पत्र पठाएको एक महिनापछि आज गुरागाईँ महानगरपालिका गएका हुन्।

content ad p2

उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरु र कर्मचारी पनि उनी कार्यालय पुग्दा सँगै रहेका छन्। मेयर बालेन साहले उनलाई अवरोध गर्न नगरप्रहरी परिचालन गरे पनि नगरप्रहरीको अवरोध छिचोल्दै गुरागाईंकार्यालय प्रवेश गरेका छन्।

‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अघिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन। कर्मचारी–कर्मचारीबीच लडाईँ हुनु पनि राम्रो होइन।’

कार्यालय प्रवेश गरेपछि पनि गुरागाईं कार्यकक्षमा प्रवेश गर्न खोज्दा मेयर बालेन साहले कार्यकक्षमै चावी लगाइएको छ। गुरागाईँले कार्यकक्षमा प्रवेश गर्न रोक लागाएपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु सबै बैठक बसेका छन्। अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर साहको चर्को आलोचना गरिन्। उनले भनिन्, ‘कसैको मनमुटाव होला जनप्रतिनिधि भएकाले हामी आम नागरिकको सेवामा तल्लिन हुनुपर्छ।’

उनले हरेक घटनाक्रममा आफूहरु जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन आग्रह गरिन्। ‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अघिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन। कर्मचारी–कर्मचारीबीच लडाईँ हुनु पनि राम्रो होइन।’ null

उनले प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारवाही गर्न तयार रहेको भन्दै अहिले उनलाई दोषी प्रमाणित गर्न नसकेको उल्लेख गरिन्। ‘त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ। हजारौँ कर्मचारी र लाखौँ काठमाडौंबासीले दुःख पाएका छन्। क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ। अझै छानबिन गर्नुपर्ने भए गर्ने हो। तर, यो पीडामा राख्नु हुँदैन।’

उनले महानगरवासीको हित चाहने हो भने सबै एकजुट हुनुपर्ने बताइन्। ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ। होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन। पहिला आजको विषय समाधान गर्छौ। त्यसपछि बोर्ड बैठक बस्छौँ। आजका लागि यो समस्या समाधान गर्नुपर्छ।’

महानगरका प्रवक्ता नविन मानन्धरलगायत वडाध्यक्षले पनि मेयर साहको चर्को आलोचना गरेका थिए।

अनौपचारिक बैठकमा नगरप्रहरी प्रमुख पाण्डेलाई उपप्रमुख डंगोलले तपाईँले लिखित आदेशमा ताला लगाउनु भएको हो कि मौखिक आदेशमा भनेर प्रश्न गर्दा पाण्डेले मौखिक आदेशमा लगाएको प्रतिक्रिया दिए। पाण्डेले त्यस्तो प्रतिक्रिया दिएपछि कर्मचारीहरु थप आक्रोशित बनेका थिए।

मेयर बालेन साहले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अघिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर कर्मचारीहरुको नियमित तलब समेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरु पनि असन्तुष्ट बनेका थिए। प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका कर्मचारीले ३ महिनादेखि तलबभत्ता लिन पाएका छैनन्। महानगरपालिकाको सेवा प्रभावित छ। जसले गर्दा महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई हाजिर गर्न दिनुपर्ने माग गर्दै कर्मचारीहरू आन्दोलित बनेका हुन्।null

गुरागाईँ कार्यालय पुग्दा सबैले मेयरका विरुद्ध नारावाजी गर्दै अघि बढाएका थिए। त्यहाँ कर्मचारी र वडाध्यक्षहरुले समेत मेयर साहले समस्या समाधानमा भन्दा पनि स्टन्टमा बढी ध्यान दिदाँ समस्या भएको भन्दै विरोध गरेका थिए।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर