Lucky-Khabar_

उच्च अदालत बुटवलको रवि लामिछानेलाई थुनामा पठाउने आदेश

२२चैत, भैरहवा |उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो।

content ad p2

लामिछाने सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश खारेजीको माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुनरावेदन गरेका थिए।


जिल्ला अदालत रुपन्देहीले उक्त मुद्दामा सभापति लामिछानेलाई यसअघि १ करोड रुपैयाँ धरौटीमा छाड्न र पूर्वडीआईजी छविलाल जोशीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।


उक्त आदेश चित्त नबुझेको भन्दै उनीहरूले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए। जोशीले आफूलाई धरौटीमा छाड्नुपर्ने भन्दै निवेदन दिएका थिए।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर