Lucky-Khabar_

वीरगञ्जमा तनाब साम्य पार्न सर्वपक्षीय बैठकबाट ५ बुँदे सहमति

३१ चैत,वीरगञ्ज । आज जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले वीरगन्जमा हनुमान जयन्तीको शोभा यात्राका क्रममा उत्पन्न भएको विवादलाई साम्य पार्न पाँच बुँदे महत्वपूर्ण सहमति बनेको छ। दिनभरको सकारात्मक छलफलपछि भएको यो सहमतिले वीरगन्जमा देखिएको तनावलाई शान्तिमा परिणत गर्ने बलियो आधार खडा गरेको छ।

content ad p2


बैठकमा प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूले सहभागी भई दोषीमाथि कारबाही, घाइतेको उपचार, धार्मिक सद्भाव कायम राख्ने, हतियार प्रदर्शन निषेध गर्ने र धार्मिक संस्थाहरूको अनुगमन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरूमा सहमति जनाएका छन्।

बैठकले गरेका मुख्य ५ निर्णय:

१. दोषीमाथि कारबाही: हनुमान जयन्तीका दिन (चैत ३० गते) शोभायात्रामा भएको अप्रिय घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानुनी प्रक्रिया अनुसार आवश्यक कारबाही गरिने।

२ . सद्भाव र सहिष्णुता कायम: सबै पक्षले आपसी धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाएका छन्। साथै, अनुसन्धान तथा कानुनी प्रक्रियामा पूर्ण सहयोग पुर्‍याइनेछ।

३. घाइतेको उपचार र क्षतिपूर्ति: घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गरिनेछ। साथै, घटनाबाट भएको क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्नेछ।

४ .हतियार प्रदर्शन निषेध: धार्मिक, सांस्कृतिक र जातीय कार्यक्रममा हतियार प्रदर्शन पूर्णतः निषेध गरिएको छ। यस्ता कार्य भएमा दोषीलाई कानुनी दायरामा ल्याइनेछ।

५ धार्मिक संस्थाको अनुगमन: पर्सा जिल्लामा क्रियाशील सबै धार्मिक संस्था तथा तिनीहरूले सञ्चालन गरेका विद्यालय, मदरसा आदिको सूक्ष्म अनुगमन गरिनेछ। अनियमितता भेटिएमा आवश्यक कारबाही गरिनेछ।

यस सहमतिलाई स्थानीयवासी र सरोकारवालाहरूले सकारात्मक रूपमा वीरगन्जमा शान्ति तथा सद्भावको वातावरण निर्माण गर्न सबैले आ(आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

छोराको न्यायका लागि संघर्षरत रवि पराजुलीको निधन, घाइते रिदमले दिए बुवालाई अन्तिम दागबत्ती

लक्की खबर