Lucky-Khabar_

नेपाली कांग्रेसका नेताहरूबाट भारतीय मिडियामाथि प्रतिबन्धको माग

१ वैसाख, बीरगञ्ज ।नेपाली कांग्रेसका नेताहरूले भारतीय मिडियाले नेपालको पूर्वराजालाई समर्थन गर्दै प्रसारण गरिरहेको भन्दै पर्सा जिल्ला प्रशासन कार्यालयमा औपचारिक रुपमा प्रतिबन्धको माग गरेका छन्।

नेताहरूले भारतीय मिडियाले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै समाजमा भ्रम र द्वन्द्व सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।

content ad p2

त्यस्तै हालै पर्सामा सम्पन्न हनुमान जयन्तीको शोभा यात्राका क्रममा घटेको घटनाप्रति पनि कांग्रेसको ध्यान केन्द्रित भएको देखिएको छ। शोभा यात्रामा देखिएको अप्रिय घटनाको दोषीमाथि कारबाहीको माग गर्दै नेपाली कांग्रेसले प्रशासनलाई ज्ञापन पत्र बुझाउने तयारीमा रहेको वा नभएको विषयले स्थानीय स्तरमा चासो बढाएको छ।


कांग्रेस नेताहरूले लोकतान्त्रिक मूल्य र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन्। एकातिर भारतीय मिडियाको भूमिकाप्रति आपत्ति जनाउँदै प्रतिबन्धको माग गरिएको छ भने अर्कातिर, हनुमान जयन्ती शोभा यात्राको घटनामा कानूनी प्रक्रिया अघि बढाउन दबाब दिन कांग्रेस सक्रिय देखिएको छ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर