Lucky-Khabar_

अमेरिकी नागरिक जुलियन किर्पाल राजसंस्थाका पक्षमा नाराबाजी गर्ने देश निष्कासित

१ बैशाख| काठमाडौं |नेपाल सरकारले राजसंस्थाका पक्षमा नाराबाजी गर्ने क्रममा पक्राउ परेका अमेरिकी नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा २ वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन (डीपोर्ट) गर्ने निर्णय गरेको हो।

content ad p2


गृह मन्त्रालय स्रोतका अनुसार नेपालको राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएपछि किर्पालविरुद्ध प्रतिबन्धसहितिको डीपोर्ट गर्ने निर्णय गरिएको हो। ‘विदेशी नागरिक भएर उहाँ राजनीतिक गतिविधिमा संलग्न भएको भेटियो। पक्राउ पर्दा पनि राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए। कुनै पनि विदेशी नागरिकले नेपालको आन्तरिक मामिलामा दखल दिन मिल्दैन,’ स्रोतले अन्नपूर्णसँग भन्यो।


त्यस्तै अमेरिकी नागरिक किर्पाल गएको चैत १४ गते माइतीघरबाट पक्राउ परेका थिए। उनले राजसंस्थाको पक्षमा नाराबाजी लगाउनुको साथै पम्पलेट पनि प्रदर्शन गरेका थिए। लगत्तै उनलाई काठमाडौं प्रहरीले पक्राउ परेको थियो। प्रहरी अध्यागमनमा बुझाएपछि किर्पालविरुद्ध अनुसन्धान गरिएको थियो। पर्यटक भिसामा नेपाल बस्दै आएका उनले पछिल्लो समय राजावादीहरूसँग निरन्तर भेटघाट गरेको स्रोतको भनाइ छ।


स्रोतका अनुसार, ‘पर्यटक भिसामा आएर नेपालको सार्वभौममाथि प्रहार हुने खालका कुनै पनि गतिविधि गर्न पाइँदैन। कानुनले नै त्यसलाई बन्देज लगाएको छ। तर अमेरिकी नागरिक जुलियन किर्पालले निरन्तर राजनीति गतिविधिमा संलग्न भएको पायौं। सोही आधारमा उहाँलाई डीपोर्ट गर्ने निर्णय गरिएको हो। किर्पाललाई भोलि (मंगलबार) अमेरिका फर्काइनेछ।

सम्बन्धित खबर

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर