Lucky-Khabar_

प्रहरीले बरामद २५ करोडका मालिक र ट्रक चालक विरुद्ध मुद्दा दायर

२ बैशाख, वीरगञ्ज । प्रहरीले काठमाडौंको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा २ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंंमा मुद्दा दायर गरिएको छ ।

content ad p2


उक्त ट्रक चालक कुसाङ लामा ‘फुच्चे’ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर भई काठमाडौं टोखामा बस्दै आएका नारायण पौडेलविरुद्ध अदालतमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेले बताए ।

विभागले उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन–२०१९ अन्तर्गत कसुरमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध २५ करोड ३४ लाख ७८ हजार बिगो मागदाबी गरिएको छ । बरामद मुद्रा जफत गर्न पनि भनिएको छ ।

अपराध अनुसन्धान कार्यालयको टोलीले युरो १३ लाख ७५ हजार १५०, अमेरिकी डलर ३ लाख २० हजार ८५० सहित टोखा नगरपालिका २ झोरस्थित सडकबाट सिन्धुपाल्चोककै तामाङलाई पक्राउ गरेको थियो।

उनले चलाएको ना ७ ख १६५२ नम्बरको कन्टेनरमा उक्त रकम बरामद भएको थियो। चालक बस्ने स्थानदेखि माथिको क्याबिनमा फल्स बटम बनाइ लुकाएको अवस्थामा प्रहरीले विशेष सूचनाको आधारमा उक्त रकम बरामद गरेको थियो।

टोखाबाट बरामद २५ करोडका मालिक नारायण पौडेल, जो पटकपटक तस्करीमा मुछिँदै आएका व्यक्ति हुन ।बरामद भएको रकम बराबर नै उनीहरूविरुद्ध बिगो कायम गरिएको छ।

त्यस्तै सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ को उपदफा (९) बमोजिम थप सजायसमेत माग गरिएको छ। कुसाङ लामा सुन पैठारीको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट २०७४ असार २६ गते दोषि ठहर भएका थिए।

उक्त सजाय भुक्तान गरेको ५ वर्षभित्र अर्को कसुर गरेकाले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४ (२) बमोजिम थप सजाय हुन पनि माग गरिएको छ। यस्तै बरामद भएको विदेशी मुद्रा र ट्रक पनि जफत गर्न माग गरिएको छ।

सो  मुद्राका मालिक भनिएका नारायण पौडेल फरार रहेकाले उनको हकमा अदालतबाटै म्याद जारी गर्न पनि अभियोग पत्रमा माग गरिएको महानिर्देशक घिमिरेले बताए। राजश्व अनुसन्धान विभागले उनीहरुले के प्रयोजनको लागि उक्त रकम गाडीमा राखेर चिन तर्फ लादै गरेको भन्ने कुरा भने सार्वजनिक गरेको छैन ।

विभागका एक अनुसन्धान अधिकृतका अनुसार उक्त  घटनाका मुख्य अभियुक्त पौडेल फरार रहेकोले २५ करोडको रहस्य अझै खुल्न नसकेको रहेको छ |

सम्बन्धित खबर

मलद्वारमा खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका दुई पक्राउ

लक्की खबर

धादिङमा छोराको फलामे छड प्रहारबाट बाबुको मृत्यु, आरोपी पक्राउ

लक्की खबर

भारतबाट भन्सार छली ल्याइँदै गरेका २४ लाख बराबरका ३८ आईफोन बरामद, तस्कर फरार

लक्की खबर