२ वैशाख,काठमाडौँ। ११ वर्षीया बहिनीको हत्या आरोपमा प्रहरीले १५ वर्षीय ललितपुरबाट दाजुलाई पक्राउ गरेको छ ।
दुर्गाको हत्या गरेको आरोपमा प्रहरीले उनकै दाजुलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए।


ललितपुरको खपिन्छेँ टोलस्थित बाबुराजा अवालेको पुरानो घरको भुइँ तलामा रहेको पानी ट्यांकीमा सडेगलेको अवस्थामा ११ वर्षीया दुर्गा बोहराको शव गत शुक्रबारफेला परेको थियो ।

पिआरसिबी ललितपुरको प्रहरी टोलीले जिल्ला प्रहरी परिसर ललितपुर समेतको सहयोगमा विभिन्न विधि र प्रविधिको प्रहरी गरी अनुसन्धान गर्ने क्रममा सो घटनामा मृतककै कान्छो दाइले हत्या गरेको खुल्न आएको उनको भनाइ छ ।
ललितपुर महानगरपालिका–१२ मंगलबजारबाट मृतकका दाइलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए ।

गत चैत २९ गते खपिन्छेँ टोलको घरको भुँइ तलामा रहेको प्रयोगविहीन सिमेन्टको ट्यांकीभित्र दुर्गाको शव फेला परेको थियो ।अनुसन्धान गर्ने प्रहरी अधिकृतका अनुसार घटना चैत ४ गते भएको देखिन्छ ।
अनुसन्धानकोको क्रममा प्रहरीसमक्ष दाजु बहिनीले लागु औषधको ट्याबलेट खाएको थियो र त्यसको नशामा आफू भएकाले त्यस्तो घटना हुन गएको दाजुले बताएका थिए ।


