Lucky-Khabar_

वीरगंजमा पत्रकार माथि निर्मम दमनः स्थित तनाव ग्रस्त

राम आर्य
२ बैशाख,बिरगंज।हनुमान जन्मोत्सवको झाँकीमाथि भएको ढुंगामुढाघटनाको समाचार संकलनका लागि पुगेका पत्रकारमाथि ढुंगा र लठी प्रहार गरी पत्रकारिता क्षेत्रमाथि खुला हमला गरेको छ ।

स्थानीय प्रशासनले सोमबार केही हिन्दुवादी युवाहरुलाई नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा तनाव सृजना भएको थियो । त्यही विषयमा रिपोर्टिङका लागि पुगेका पत्रकारहरूमाथि मंगलबार अकल्पनीय दमन भयो । चन्द्रसूर्य वाणी दैनिकका सम्पादक धिरेन्द्र तिवारी, एभिन्युज टेलिभिजनका पत्रकार अर्जुन गुप्ता लगायत केही सर्वसाधारण घाइते भएका छन् ।

समाचार संकलनमा खटिने पत्रकारहरूमाथि भएको यो घटनाले प्रेस स्वतन्त्रताको अधिकारमाथि खुला प्रहार भएको छ। यस घटनाले प्रहरीको व्यवहार प्रेसविरोधी चरित्र उजागर गरेको देखिन्छ ।“प्रेस स्वतन्त्रता कुण्ठित पार्ने जुनसुकै गतिविधि र दमनप्रति हाम्रो गम्भीर आपत्ति छ।” घटनास्थलमा रहेका पत्रकारहरूले आक्रोश पोखेका छन् ।

content ad p2


हनुमान जन्मोत्सवको झाँकीमा दुई दिन अघि भएको ढुंगामुढापछि वीरगंज बजार तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू समेत लगाएको थियो। तर शान्ति सुरक्षाको नाममा निर्दोष युवाहरुको गिरफ्तारी र पत्रकारहरूमाथिको हमालाले  प्रशासनको चरित्रप्रति नै गम्भीर प्रश्न उठाएको छ ।यो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने आवाज सामाजिक सञ्जालदेखि मानवअधिकारकर्मी र पत्रकार संगठनहरूको चासो बनेको छ ।

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

देवानगञ्ज गोलीकाण्डको घटनामा परि उपचाररत अर्का युवकको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

लक्की खबर

उपचारमा लापरबाहीको आरोपपछि न्यायको माग गर्दै बहुअरी चोकमा धर्ना:नारायणी अस्पताल प्रकरण

लक्की खबर