Lucky-Khabar_

पत्रकारमाथि आन्दोलनका नाममा जोसुकैले गर्ने आक्रमण निन्दनीय : पत्रकार महासंघ

३ वैशाख,वीरगञ्ज ।सञ्चारकर्मीहरु माथि जुनसुकै आन्दोलनका नाममा हुने आक्रमण र दुव्र्यवहारको घटनालाई सच्याउन स्थानीय प्रशासनलाई नेपाल पत्रकार महासंघले ध्यानकर्षण गराएको छ ।
हिजो साँझ जिल्ला प्रहरी कार्यालय पर्सामा भएको सञ्चारकर्मीहरुमाथिको आक्रमण खेदजनक रहेको बताउदै नेपाल पत्रकार महासंघले घटनामा संलग्नलाई कारवाहीको माग सहित आज जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र समेत बुझाएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको नेतृत्वमा विभिन्न सञ्चार संगठनहरु सहितको टोलीले आज जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर पत्रकारमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारवाही हुनुपर्ने जोड दिएका थिए ।

content ad p2

सञ्चारकर्मीहरुसँग छलफल गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले संवेदनशील अवस्थामा हुने घटनाहरुमा सञ्चारकर्मीहरुले पनि संवेदनशील भएर समाजलाई विभाजनबाट रोक्नेतर्फ कमल चलाउन आग्रह गरे ।

प्रहरीसँग हिजो बेलुका भएको घटनाको सन्दर्भमा जानकारी दिदै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले निषेधाज्ञाको अवस्थामा केही समूह जिल्ला प्रहरी कार्यालय अगाडि नै आएर प्रदर्शन गर्ने प्रयास गरेपछि सुरक्षाका लागि बल प्रयोग गरेको बताए ।

उनले प्रहरीले प्रदर्शनकारीहरुलाई हटाउने क्रममा सञ्चारकर्मीहरुमाथि भएको आक्रमण र दुव्र्यवहार दुखद भएको र अबदेखि त्यस्तो घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरे । घटनामा संलग्न रहेको आरोपमा अहिलेसम्म ५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

त्यस्तै वीरगन्जमा देखिएको साम्प्रदायिक द्वन्द्व समाधानका लागि स्थानीय प्रशासनले हरसम्भव प्रयास गरिररहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।चैत ३० गते हनुमान जयन्तिको शोभा यात्राका क्रममा दुई पक्षबीच भएको झडपपछि अशान्त बनेको वीरगन्जलाई सामान्य अवस्थामा ल्याउनका लागि सरोकारवाला पक्षहरुसँग निरन्तर संवाद र छलफल गरि समाधानको प्रयत्न भईरहेको जनाएको हो ।

शोभायात्रका क्रममा भएको घटनामा संलग्न व्यक्तिहरुलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेर अनुसन्धान जारी राख्नुका साथै विभिन्न सरोकारवाला पक्षहरुसँग निरन्तर छलफल र संवाद जारी राखेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छ ।

वीरगन्जमा विवाद शुरु भएपछि कर्फ्यु जारी गरि निषेधाज्ञा समेत जारी रहेको अवस्थामा केही समूहले शान्ति खलबलाउन खोजेको भन्दै समाजलाई विभाजन गर्ने भन्दा जोड्नेतर्फ सबैको सकारात्मक पहल आवश्यक रहेको उनले बताए ।
हिजो जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि पर्साका सञ्चारकर्मीहरुमाथि भएको आक्रमणको घटनामा दुख व्यक्त गर्दै उहाँले उक्त घटनाको पनि छानविन गरी दोषीलाई आवश्यक कारवाही गर्ने आश्वासन दिए ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा गएको टोलीमा प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे मगर, पर्सा अध्यक्ष शिवनाथ यादव, प्रेस चौतारीका पर्सा अध्यक्ष निरञ्जन मिश्र, नेपाल पत्रकार महासंघका पदाधिकारी, विभिन्न सञ्चारसंस्थामा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर