Lucky-Khabar_

वीरगञ्जमा हनुमान जयन्तीको शोभा यात्रा घटनामा पक्राउ परेका ४ जनाको म्याद थप, थप १ जना पक्राउ

राम आर्य
३ वैशाख,वीरगञ्ज । वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्राको क्रममा धार्मिक सद्भाव भड्काएको आरोपमा पक्राउ परेका ४ जनालाई प्रहरी हिरासतमा राख्न जिल्ला अदालतले म्याद थप गरेको छ भने थप एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयले ७ दिनको म्याद मागेको थियो। जिल्ला अदालत पर्साले बुधबार पक्राउ परेका चारै जनालाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो। पक्राउ परेकामध्ये २ जनालाई राज्यविरुद्धको कसुर र २ जनालाई आपराधिक उपद्रव गरेको मुद्दा लगाइएको छ।

पर्सा प्रहरीले बुधबार थप १ जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति शकिल मियाँ हुन्।त्यस्तै मंगलबार साँझ वीरगञ्जको छपकैयाँबाट शेख खुर्सेद, सलाउदिन मियाँ ठकुराई र रवि सरार्फ तथा नगवाबाट बल्जित सिंहलाई पक्राउ गरिएको थियो।

content ad p2

पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले सिसिटिभी फुटेज, ड्रोन फुटेज र सामाजिक सञ्जालमा आएका भिडियोहरूको विश्लेषणका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएका छन्।

सम्बन्धित खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर

देशकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुँदै

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर