Lucky-Khabar_

वैशाख ७ गते राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने : लिङ्देनले

४ वैशाख, काठमाडौं । आगामी वैशाख ७ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेको आरोप लगाउँदै त्यसको विरुद्धमा निषेधित क्षेत्रमै प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

उनले वैशाख ७ गतेको कार्यक्रमलाई सभाको रूपमा नभई प्रदर्शनको रूपमा अगाडि बढाइने बताए । लिङ्देनले पार्टीको विशेष समितिको बैठक बसेर थप कार्यक्रमहरू सार्वजनिक गरिने जानकारी दिएका छन् ।

राप्रपाले यसअघि नै वैशाख २० गतेभित्र आफ्ना नेताहरूलाई নিঃशर्त रिहा नगरेमा आन्दोलन चर्काउने चेतावनी दिइसकेको छ ।


content ad p2

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर