Lucky-Khabar_

सीमा सुरक्षामा सशस्त्र प्रहरी पर्साको सक्रियतामा १ वर्षमा ४१ करोड बढीको भन्सार छली सामान बरामद

९बैसाख ,वीरगञ्ज । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति, प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालका अनुसार, गएको एक वर्षको अवधिमा मात्रै सशस्त्र प्रहरीले ४१ करोड ९२ लाख ३१ हजार ७०७ रुपैयाँ बराबरका अवैध तथा शङ्कास्पद सामान बरामद गरेको छ ।

एसपी धिमालले सशस्त्र प्रहरीको सतर्कता बढेपछि सीमावर्ती क्षेत्र हुँदै लुकीछिपी भित्र्याइने लत्ता कपडा, इलेकट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न र किरानाका सामान बरामद हुने दर वृद्धि भएको जानकारी दिए ।

content ad p2

भन्सार छली रोकथामलाई प्रभावकारी बनाउन वीरगञ्ज भन्सार नाकामा तालिमप्राप्त २ वटा कुकुरसमेत खटाइएको र ती कुकुरको सहयोगमा जाँचमा थप सजिलो भएको उनले बताए ।


आर्थिक वर्ष २०८१ वैशाखदेखि २०८२ वैशाख ६ गतेसम्म २८ करोड ११ लाख छ हजार ४८७ रुपैयाँ बराबरको भन्सार छली गरिएका सामान वीरगञ्ज भन्सार कार्यालयमा सशस्त्र प्रहरी बलले बुझाएको छ ।
एसपी धिमालका अनुसार, सशस्त्र प्रहरी बलले पर्सा जिल्लामा फैलिएको १०७ किलोमिटर लामो खुला सीमाको सुरक्षाका साथै अवैध चोरी पैठारी र निकासी रोकथाममा कडाइ गर्दै सीमावासीसँग समन्वयमा विभिन्न सचेतना कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित खबर

सुनको मूल्यमा २८ सय रुपैयाँको गिरावट, प्रतितोला २ लाख ८५ हजार २ सय

लक्की खबर

एक वर्षका लागि १५ अर्बको ऋणपत्र नेपाल राष्ट्र बैंकले जारी गर्दै

लक्की खबर

पेट्रोलियम पदार्थको मूल्य घटयो, ग्यास र हवाई इन्धन पनि सस्तो

लक्की खबर