१७बैसाख,काठमाडौं|प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्रन पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई नै नियन्त्रणमा लिएको छ।


विष्टले आफूखुसी पत्र लेखेको पाइएकाले प्रहरीले पक्राउ गरेको सर्वोच्च अदालतका अधिकारीले बताएका छन्।
उनलाई सर्वोच्च अदालत सुरक्षा एकाइले पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको हो।
यसअघि उक्त पत्र कसरी लेखियो भनेर सर्वोच्च प्रशासनले छानबिन गरेको थियो। उक्त पत्रचार विष्टले आफूखुसी लेखेको भेटिएपछि विष्टलाई पक्राउ गर्न सर्वोच्च प्रशासनले निर्देशन दिएको थियो।
सर्वोच्च अदालतले उक्त पत्र सच्याएर प्रहरीलाई पठाउँदै छ। यसबारे आधिकारिक विज्ञप्ति केहीबेरमा जारी गरिने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए।
पक्राउ पुर्जी प्रहरीमा पुगेको पत्र सर्वोच्चकै छानबिनमा



