Lucky-Khabar_

नेशनल मेडिकल कलेजमा सुरक्षा गार्डद्वारा बिरामीका कुरुवासँग दुर्व्यवहार

मनोज कुमार
२४ वैशाख, वीरगञ्ज । वीरगन्जको नेशनल मेडिकल कलेजका सुरक्षागार्डले बिरामीका आफन्तलाई दुर्व्यवहार गरेको घटना बाहिरिएको छ । कलैया उपमहानगरपालिका वडा नं.८ की बिरामी कलिजा खातुनको कुरुवा बसेका आफन्तलाई मेडिकल कलेजका सुरक्ष गार्डले दुर्व्यवहार गरेको हो ।

content ad p2


हात भाँचिएर विगत १५ दिन देखि नेशनल मेडिकल कलेजमा अपरेशन गरी सजिर्कल वार्डमा उपचार गराई रहेकी कलिजा खातुनलाई कुर्न बसेका आफन्तहरुलाई नै बिरामीसँग भेट्न नदिएर मेडिकल कलेजका सुरक्षागार्डले दुव्र्यवहार गरेको बिरामीका आफन्तले गुनासो गरेका छन् ।

बुधबार विहानदेखि कुरुवाहरुलाई विरामीसँग भेटन नदिएपछि कुरुवा र सुरक्षा गार्डबीच विवाद भएको भिडियो सार्वजनिक भएको छ । सुरक्षा गार्डहरुले जान नदिएपछि कारण सोध्दा उनीहरुले दुव्र्यवहार गरेको बिरामीका आफन्तको भनाई छ । घटनाको विषयमा नेशनल मेडिकल कलेजले भने अस्वीकार गरेको छ ।

नेशनल मेडिकल कलेजमा सुरक्षा गार्डले बिरामी वा कुरुवासँग सधै धाक दिने र अश्ब्द समेत प्रयोग गर्न गरेको एक बिरामी कुरुवाको भनाई रहेको छ |

सम्बन्धित खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर

नदी किनारमा विदारक दृश्य: त्रिशूली र नारायणीमा बगेर आएका शव सङ्कलन र पहिचान कार्य निरन्तर

लक्की खबर

युवा उमेर होइन, परिवर्तनको सोच र राष्ट्र निर्माणको शक्ति : प्रकाश उपाध्याय

लक्की खबर