Lucky-Khabar_

तन मन धनले मानवताको पक्षमा रहनुपर्छ प्रमुख अतिथी मुना खनालको भनाई

लालबाबु सिंह,राम आर्य
२५ बैशाख, वीरगन्ज । विश्व रेडक्रस दिवसको अवसरमा रेशमकोठी उपशाखा द्वारा आयोजित कार्यक्रममा तन मन धनले मानवताको पक्षमा रहनुपर्छ प्रमुख अतिथी मुना खनालको भनाई |

मानवताको पक्षमा रेडक्रसलाई बलियो बनाउन तन मन धनले समर्पित रहनुपर्छ र म सधै रहनेछु, हामी रेडक्रसकर्मी सधै दिन दुखी असहाय पिडितहरुको सेवा सहयोगमा अग्रसर हुनुपर्छ भन्दै प्रमुख अतिथी मुना खनालले आग्रह गर्नु भयो ।कार्यक्रममा रेडक्रसका जन्मदाता जान हेनरी डयुनाको तस्विरमा माल्यार्पण एवं दिप प्रज्वलन गरि सम्पुर्णलाइ शुभकामना मन्तव्य दिदै हिंसा त्यागेर शान्ती कायम गर्न सबैलाई आग्रह पनि गर्नु भएको थियो ।
सो अवसरमा वरिष्ठ सदस्य समाजसेवी अधिवक्ता प्रकाश उपाधायले स्वागत मन्तव्य दिदै रेडक्रसकर्मिमा मानवता हुनै पर्छ मानवता बिना हाम्रो रेडक्रस मात्र हैन कि समाज देश सन्सार नै चल्न नसकने र विश्व मानव रहित हुने डर लाग्दो अवश्था आउनसक्ने चेताउदै वरतमानमा विश्व हिन्साको चपेटामा परिरहेकोले सम्पुर्णले मानवताको पक्षमा मानको कल्याणमा अत्यधिक रुपमा लाग्न आग्रह गर्दै शान्तिको शुभकामना पनि ब्यक्त गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखा उपसभापति सरिता यादवको अध्यक्षत एवं नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला सदस्य मुना खनालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा पुर्व सभापती श्री नारायण यादव ,पुर्वउपसभापति सुरेन्द्र प्रसाद कानु ,सहसचिव राजु साह,सहकोषाध्यक्ष अभिलाष गुप्ता,सदस्यहरु,रामसुदिष्टलाल कर्ण,नवराज भट्टराई ,सोनु पटेल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्ष उपसभापति यादवले विश्व रेडक्रसको अवसरमा बाहिरी युद्ध भन्दा पनि हामी आफ्नो भित्री युद्धको तत्वहरुलाइ जित्नु आवश्यक रहेको बताउदै सम्पुर्णलाई शुभकामना दिदै धन्यवाद प्रकट गरेका थिए ।

सो अवसरमा सहजीकरण सचिव लालबाबु सिंहले सहजीकरण गर्दै युद्धको भुमिमा घाइतेहरुको जान हेनरी डयुनाले सेवा उपचार गर्दै जन्मेको रेडक्रस वर्तमानमा विश्व ब्यापतामात्र पाएको छैनकी दिनदुखी असहाय पिडामा रहेकाहरुको सेवा सहयोग गर्दै मानवतालाई बलियो आशा भरोसा प्रदान गरिरहेकोले हामी सबै रेडक्रसकर्मिहरुको साथै सम्पुर्णले मानवताको पक्षमा मजबुतिले लाग्नुमा जोड दिदै दुई छिमेकी देशहरु बिच युद्ध जस्तो विनाशकारी कार्य शुरु भएकोमा चिन्तित हुँदै दुवै देशका साथै विश्व जगतलाई नै शान्तीको पहलको लागि आग्रह गर्नु भयो ।

content ad p2

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर