Lucky-Khabar_

अखिल भारतीय मारवाड़ी़ महिला सम्मेलन रक्सौलद्वारा किरण आँखा अस्पतालको सहयोगमा नि:शुल्क आखा शिविर समपन्न , ३ सय जनालाइ चिकित्सीय परामर्श र नि:शुल्क औषधि वितरण ।

लाल बाबु सिंह,राम आर्य
१ जेष्ठ ,बिरगंज |अखिल भारतीय मारवाड़ी़ महिला सम्मेलन रक्सौलद्वारा किरण आँखा अस्पतालको सहयोगमा नि:शुल्क आखा शिविर समपन्न , ३ सय जनालाइ चिकित्सीय परामर्श र नि:शुल्क औषधि वितरण कार्य भएको छ।

सिमावर्ती भारतिय शहर रक्सौलको बैंक रोड स्थित श्री सत्यनारायण मारवाड़ी पंचायती मंदिर परिसरमा बिहीवारको दिन अखिल भारतीय मारवाड़ी़ महिला सम्मेलन रक्सौल शाखाले किरण आँखा अस्पताल वीरगन्जको सहयोगमा नि:शुल्क नेत्र जांच शिविरको आयोजना सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ । शिविरको समुदघाटन किरण आँखा अस्पताल वीरगन्जका नेत्ररोग विशेषज्ञ डॉ. अमर क्याल,अखिल भारतीय मारवाड़ी़ महिला सम्मेलन का अध्यक्ष सोनू काबरा, पूर्व अध्यक्ष वीणा गोयल, सचिव संगीता धानोठिया, रचना रूँगटा , सुशीला धानोठिया, सीमा अग्रवाल,शिव कुमार केशान,राजकुमार अग्रवाल, सीताराम गोयल एवं विमल रूँगटा द्वारा संयुक्त रूपले दीप प्रज्जवलित गरि समुदघाटन गरिएको थियो ।

समुदघाटन पश्चात् आयोजक परिवारले शिविरमा सहयोगी किरण आखा अस्पतालका डॉ. अमर क्याल ,चिकित्सक ,एवं स्वास्थ्यकर्मी सहयोगीजन लाई गमछा ( अंगवस्त्रम ) ओढाएर सम्मानित गरिएको थियो । सोही अवसरमा आयोजक द्वारा वीरगन्जका स्त्रीरोग विशेषज्ञ डा.नवनित राज पाण्डेलाइ पनि अंगवस्त्रम प्रदान गरि सम्मानित गरिएको थियो भने डा. पाण्डेले समाजसेवा प्रती महिला सम्मेलन रक्सौल को सराहनीय पहलको लागि सम्पुर्ण परिवारको मुक्तकण्ठले प्रसंशा गर्दै बधाई शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा डॉ. अमर क्यालले आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण एवं अतिसंवेदनशील अंग हो , यसको हेरविचारमा लापरवाही वारकोगर्दा पछि आखाको ठूलो रोगमा परिणत हुने र धेरैमा त यो अन्धोपनको कारक पनि बन्ने गर्दछ त्यसैले समय -समय मा आखाको जांच गराइरहनु पर्छ । आज को भागदौड़ एवं तनाव भरिएको जिंदगी मा नेत्र संबंधित धेरै गंभीर बीमारि उत्पन्न भैरहेको र मानिसहरु अन्धोपनको समेत सिकार हुदैछन । यदि समयमै आखाको गुणस्तरीय उपचार गरेमा अन्धोपनबाट जोगिन सकिन्छ र यो र यस्तो शिविरहरुमा हामी त्यही जनचेतना फैलाउन निशुल्क सेवा गर्न आएका हौ भनी आँखा प्रती संबेदनसिल ,जागरुक हुन सम्पुर्णलाई आग्रह गर्दै आयोजक परिवारलाई हार्दिक धन्यवाद ब्यक्त गरेका थिए ।
सो निशुल्क शिविरमा आएका सम्पुर्ण बिरामीको किरण आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डॉ. अमर क्यालको साथ एंड्रिका यादव, (ओप्टोमेट्रिस्ट ),गुड़िया महतो , कविता पोखरेल ,( कोर्डिनेटर) कुमार , रूबी कुमारी, मनदीप कुमार एवं रामबाबू चौरसिया लगायत ले तत्परतापुर्वक गुणस्तरीय रुपमा आँखा जाँच कार्यमा सेवा प्रदान गरेका थिए ।
शिविरमा ३ सय भन्दा बढीको आँखा जांच गरिएको थियो जसमा अधिकांश आँखा रातो हुने ,आँखाबाट पानी खस्नु,आँखा ले कम हेर्नु , मोतियाबिंद इत्यादि सम्पुर्ण रोग एवं उनिहरुको पुरानो उनके चश्माको पनि जांच गरिएर उचित चिकित्सीय परामर्शको साथ निशुल्क औषधि पनि वितरण गरिएको थियो । आजको जाच मा ३० जना मोतियाबिन्दको बिरामी फेला परेको किरण आँखा अस्पतालका प्राविधिक संयोजक कविताले बताउनु भयो ।
सो अवसरमा महिला सम्मेलन अक्सौल शाखाका अध्यक्ष सोनू काबराले नर सेवा नारायण सेवा को संकल्प लाई आत्मसात गरेर समाजप्रतिको हाम्रो उत्तरदायित्व अन्तर्गत विभिन्न समय स्थानमा विभिन्न कार्यक्रम मार्फत हामिले सेवा सहयोग गर्दै आएको र त्यही अनुसार नै आज यो निशुल्क आँखा शिविरको आयोजना गरि सेवा प्रदान गरिएको हो, यो शिविरमा ठूलो संख्यामा शहर एवं आसपास का निवासिहरु को साथै रक्सौल शहर को सरस्वती विद्या मंदिर का १ सय बच्चाहरुको नेत्र जांच गरियो । काबराले अगाडि जानकारी दिदै मोतियाबिन्दको ३० जना बिरामिहरुको वीरगन्जको किरण आँखा अस्पतालको सहयोगमा हामिले हाम्रो खर्चमा पुर्णत निशुल्क अप्रेसनको ब्यवस्थापन गरेका छौ र केही दिनमा नै यो अप्रेसन कार्यक्रम गराउने साथै आगामी दिनमा स्वास्थ्य सम्बन्धी यस्तै विभिन्न प्रकारका सेवा कार्यक्रम गरिरहने बताउनु हुँदै वीरगन्जबाट आफ्नो अस्पतालको कार्य छोडेर यहाँ आएर सेवा प्रदान गर्ने किरण आँखा अस्पतालका डा. अमर क्याल र उहाको सम्पुर्ण टिमलाइ हार्दिक साधुवाद व्यक्त गर्नु भयो ।
सो अवसरमा सुप्रसिद्ध स्त्री रोग विशेषज्ञ डॉ.नवनीत राज पाण्डेय,सोनू काबरा, वीणा गोयल, संगीता धानोठिया, अनुराधा शर्मा,सुशीला धानोठिया, शिखा रंजन, सुनीता शाह, सीमा अग्रवाल, रचना रूँगटा, सुमन धानोठिया, सारिका अग्रवाल रेणु रूँगटा, सीताराम गोयल, शिव कुमार केशान, राजकुमार अग्रवाल , विमल रूँगटा ,लायंस क्लबका सचिव बिमल सर्राफ,भारत विकास परिषद शाखा रक्सौलका अध्यक्ष महेश कुमार अग्रवाल ल्गायत सहभागी भएर शिविरलाई सफलतापुर्बक सम्पन्न बनाउन अग्रणी भुमिका खेल्दै सेवा प्रदान गरेको भारत विकास परिषद शाखा रक्सौलका मिडिया प्रभारी रजनिश प्रीयदर्शी ले बताउनु भएको थिए ।

content ad p2

सम्बन्धित खबर

राजविराज अस्पतालको गेटबाहिर प्रसूति प्रकरणमा कर्मचारीमाथि कारबाही, छानबिन टोली राजविराजमा

लक्की खबर

रसुवामा हैजाको जोखिम बढेपछि २१ हजार डोज खोप पठाइयो

लक्की खबर

रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रक्तदान, ६८ पिन्ट रगत संकलन

लक्की खबर