२३जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको विजुलीका पोलमा झुण्डिरहेका लत्रिएका अव्यवस्थित तार हटाइ ८ सय किलो तार संकलन कार्य गरि सफलतापूर्वक सम्पन्न गरिएको छ।

नेपाल दूरसञ्चार कम्पनी, नेपाल विद्युत प्राधिकरण, नगर प्रहरी, माली तथा नेपाल प्रहरीका कर्मचारीहरू सहित १२ जनाको संयुक्त टोलीले सो अभियानमा सक्रिय सहभागिता जनाएको थियो।

कार्यक्रम अन्तर्गत संचार तथा विद्युत सुरक्षाका हिसाबले जोखिमपूर्ण अवस्थामा रहेका तारहरू काटी करिब ८ सय केजी तार संकलन गरिएको र ती तारहरू महानगरपालिकाको जिम्मामा सुरक्षित रूपमा राखिएको जानकारी प्राप्त भएको छ।
महानगरपालिकाले जनाए अनुसार सो अभियानले शहरी सौन्दर्य अभिवृद्धि, आगलागी तथा दुर्घटना न्यूनीकरण, र विद्युत सेवा सुरक्षित तथा भरपर्दो बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।



