Lucky-Khabar_

मुस्लिम समुदायसँग खानेपानी मन्त्री यादवले बकर इद पर्वको शुभकामना आदान–प्रदान गर्दै सामाजिक सद्भाव र एकताको सन्देश दिएका छन्

राम आर्य
२५जेठ,बिरगंज ।मुस्लिम समुदायसँग खानेपानी मन्त्री यादवले बकर इद पर्वको शुभकामना आदान–प्रदान गर्दै सामाजिक सद्भाव र एकताको सन्देश दिएका छन्| पर्सा क्षेत्र नम्बर १ का सांसद तथा खानेपानी मन्त्री प्रदीप यादवले पर्सामा आयोजित कार्यक्रममा मुस्लिम धर्मावलम्बीहरूसँग दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) को अवसरमा शुभकामना आदान–प्रदान गरेका छन्।

मन्त्री यादवले शुभकामना सन्देशका क्रममा भने, “बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाओस् भन्ने मेरो पूर्ण विश्वास छ।” उनले न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा बकर इदले सबैलाई प्रेरणा दिइरहने विश्वास व्यक्त गरे।

सो अवसरमा उनले मुस्लिम समुदायका साथीभाइहरुलाई बकर इद (इद–उल–अजहा) को हार्दिक शुभकामना व्यक्त गर्दै सबैमा सुख, शान्ति र समृद्धिको कामना गरे।

content ad p2

मन्त्री यादवले भने, “धर्म र संस्कृतिको विविधताले हाम्रो समाजलाई अझ समृद्ध बनाएको छ। बकर इद पर्वले हामी सबैलाई आपसी सद्भाव, भाइचारा र सामाजिक एकतामा बाँधेर लैजान मद्दत पुर्‍याओस् भन्ने मेरो कामना छ।”

कार्यक्रममा सहभागी मुस्लिम धर्मावलम्बीहरूले मन्त्री यादवप्रति आभार प्रकट गर्दै पर्वले सबै नेपालीलाई एकताको डोरीमा बाँधोस् भन्ने कामना गरे।

नेपालजस्तो बहुसांस्कृतिक मुलुकमा यस्ता पर्वहरूले पारस्परिक सद्भावलाई बलियो बनाउने भन्दै मन्त्री यादवले सम्पूर्ण मुस्लिम समुदायलाई फेरि एकपटक बकर इद (इद–उल–अजहा) को हार्दिक शुभकामना दिएका छन्।

बकर इद (इद–उल–अजहा) शनिबारबाट शुरुआत भएको छ , ३ दिन सम्म सो पर्व मनाउने प्रचलन रहेको मुस्लिम समुदायको अगुवाहरुले जनाएका छन् ।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर