Lucky-Khabar_

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नन्दनको डेब्यु

२७जेठ,काठमाडौं| स्कटल्यान्डमा सञ्चालन भइरहेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट मध्यम गतिका बलर नन्दन यादवले डेब्यु गरेका छन् ।

आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको आजको खेलमा यादवले डेब्यु गरेका हुन् । उनलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले डेब्यु क्याप हस्तान्तरण गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गर्ने उनी ४२औँ खेलाडी हुन् । जारी सिरिजमा यसअघिका तीन खेलमा यादवले खेल्ने मौका पाउन सकेका थिएनन् ।

content ad p2

तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि उनले खेल्ने मौका पाएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार सोमपाल अभ्यासका क्रममा घाइते भएका हुन् । अभ्यासका क्रममा उनीसँगै गुल्सन झा पनि घाइते भएका छन् । सोमपालको दायाँ हातमा तथा गुल्सनको घुँडामा चोट लागेको छ ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर