Lucky-Khabar_

पर्सा वीरगन्जको त्रिजुद्ध मावि मधेस प्रदेशको उत्कृष्ट विद्यालयमा छनोट

२७ जेठ,वीरगन्ज । पर्सा वीरगन्जको त्रिजुद्ध मावि मधेस प्रदेशको उत्कृष्ट विद्यालयमा छनोट भएको छ| प्रधानाध्यापक संघ नेपालले मधेस प्रदेशको शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएका आधारभूत र माध्यमिक तहका उत्कृष्ट विद्यालय छनोट गरेको छ।

content ad p2


प्रधानाध्यापक संघले देशभरका विद्यालयलाई छनोट गरेको विद्यालय मध्ये मधेश प्रदेशबाट माध्यमिक तहमा उत्कृष्ट गर्ने पर्साको वीरगन्ज महानगरपालिका वडा नं ४ बिर्ता स्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम प्राविधिक विद्यालय र सप्तरीको धानगाछी स्थित श्री आधारभूत विद्यालय सप्तरी छनोट भएको हो।

त्यस्तै संघले कक्षा आठको नतिजा, एसइइको नतिजा, विद्यालयप्रति समुदायको आकर्षण, उत्कृष्ट अभ्यास, विद्यार्थी संख्या, विद्यालयको वातावरण, भौतिक सुविधा लगायतका विभिन्न सूचकहरूको आधारमा उत्कृष्ट विद्यालयहरू छनोट गरेको हो।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर