Lucky-Khabar_

पत्रकारमाथि पक्राउ पुर्जीको पूर्व मन्त्री प्रभु साहद्वारा विरोध, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप ठहर

२८ जेठ,वीरगञ्ज । पत्रकारमाथि पक्राउ पुर्जीको पूर्व मन्त्री प्रभु साहद्वारा विरोध, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप ठहर गरेको छ |सांसद तथा पूर्व कानून मन्त्री प्रभु साहले एक पत्रकारलाई पक्राउ पुर्जी जारी गरिएको विषयमा कडा आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको यो कदम प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन्।

समाचार लेखेकै कारण सरकारले पक्राउ पुर्जी जारी गर्नु प्रेस स्वतन्त्रतामाथीको हस्तक्षेप हो,सांसद साहले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्।उनले यस्ता विषयहरू प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारभित्र पर्ने भन्दै अदालतमा लानु कानुनी शासनको उपहास भएको समेत टिप्पणी गरेका छन्। प्रेस काउन्सिलको क्षेत्राधिकार भित्र पर्ने यस्ता विषयलाई अदालतमा लानु सरासर कानुनी शासनको उपहास हो, उनले उल्लेख गरेका छन्।

सो घटनाले नेपालमा प्रेस स्वतन्त्रता र कानुनी शासनको पालनाका विषयमा नयाँ बहस सिर्जना गरेको छ। पत्रकारहरूले समाचार लेखेकै कारण पक्राउ पुर्जी जारी गरिनुले आगामी दिनमा पत्रकारिता क्षेत्रमाथि थप दबाब सिर्जना हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। सरकारले यस विषयमा स्पष्टीकरण दिनुपर्ने र प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने माग चौतर्फी उठेको छ।

content ad p2

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर