Lucky-Khabar_

पहिलोपटक नेपाली सेनामा शिख समुदायको प्रतिनिधित्व

२८ जेठ,काठमाडौं । पहिलोपटक नेपाली सेनामा शिख समुदायबाट प्रतिनिधित्व भएको छ । बाँके जिल्ला, जानकी गाउँपालिका–२, बनकटुवा निवासी करण सिंह शिख नेपाली सेनाको सिपाही दर्जामा दीक्षित भएका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार समावेशिताको सिद्धान्तलाई पालना गर्दै सबै जात, धर्म र समूहका नेपाली नागरिकलाई नेपाली सेनामा समान अवसर र पहुँच रहेको नेपाली सेनाले जनाएको छ ।

करण सिंह गत साउन १ गते नं ४ बाहिनी अड्डा, नेपालगन्जमा भर्ना भई अछाम जिल्लास्थित गोरखबक्स गणबाट सैन्य आधार तालिम सम्पन्न गरि यही जेठ २३ गतेबाट सेनाको सिपाही बनेका हुन् ।

content ad p2

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर