अभिलाष गुप्ता
०१ असार,वीरगञ्ज |गर्मी सुरु हुनासाथै वीरगञ्जमा खानेपानीको समस्या चुलिंदै गएको समयमा वडा नम्बर ७ का वडा अध्यक्ष हिराकाजी महर्जनद्वारा पानीमा राजनीति सुरु गरिएको आरोप लागेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. ७ ले विगतमा वडावासीको सुविधाका लागि बोरिङ जडान गरि खानेपानीको व्यवस्था गरिरहेको थियो । तर अहिले वडा अध्यक्ष महर्जनले आफ्नो राजनीतिक दलको वर्चस्व कायम राख्न अनि आगामी २०८४ सालको निर्वाचनमा प्रभाव जमाउनको लागि आफू नजिकैको घर, दलको नेता, कार्यकर्ता अनि आसेपासेहरूको घरको टंकीमा बोरिङको पाइप जडान गराइएको कुरा बाहिर आएको छ ।

वडाबासिन्दाहरू नाम नबताउने शर्तमा भन्नुहुन्छ — सामान्य जनतालाई पानीको समस्या परिरहेको समयमा वडा अध्यक्षको यस्तो क्रियाकलाप असन्तुलित, असमान अनि जनविरोधी छ ।

खानेपानीको बोरिङको अवैधानिक जडान गरिएको सम्बन्धमा बारम्बार जानकारी लिन प्रयास गर्दा वडा अध्यक्ष हिराकाजी महर्जनको टेलिफोन नउठ्दा प्रतिक्रिया लिन सकिएको छैन ।
वडाध्यक्षको यस्तो रवैयाले सर्वसाधारण जनतालाई असन्तुलनमा पारेको कुरा वडावासिन्दाहरूको असन्तुष्टिबाट प्रष्ट हुन आएको छ ।


