Lucky-Khabar_

सामुदायिक प्रहरी कुम्हालटाेलको आयोजनामा मुनलाइट स्कुलमा संवाद तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

अभिलाष गुप्ता
साउन ९,वीरगंज|वीरगंज स्थित मुनलाइट स्कुलमा आज एक विशेष संवाद तथा वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा आत्मविश्वास र सार्वजनिक अभिव्यक्ति क्षमताको विकास गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

कार्यक्रम सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो। प्रतियोगिता वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कुम्हालटोल सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख लोकराज भट्ट, मुनलाइट स्कुलका प्रिन्सिपल श्याम केसी, समाजसेवी मार्टिन मोक्तान, नन्दलाल राउत, प्रहरी हवल्दार कुमार विक, सावित्री भुमियार, तारा बिष्ट, ईन्दिरा पोखरेल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौलागाईंले विद्यार्थीहरूमा यस्ता प्रतियोगिताले सकारात्मक सोच, आत्मबल र नेतृत्व क्षमताको विकासमा मद्दत गर्ने बताए। उनले समाजमा सुरक्षाबोध र जिम्मेवारीपूर्ण नागरिक बन्छौं भन्ने मनोभाव समेत यस्ता कार्यक्रममार्फत अभिवृद्धि हुने उल्लेख गरे।

content ad p2

कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो।कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर श्रेष्ठले गर्नुभएको थियो।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर