Lucky-Khabar_

प्रधानमन्त्री ओलीद्वारा परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

अभिलाष गुप्ता
०९साउन,वीरगंज |प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुक्रबार एक विशेष समारोहका बीच उद्घाटन गरेका छन्।

content ad p2

तराई–मधेशको सुक्खा क्षेत्रको अवलोकन गर्न बारा आएका प्रधानमन्त्री ओलीले परवानीपुर बजारमा निर्माण गरिएको भवन उद्घाटन गर्दै स्थानीय जनतालाई प्रभावकारी सेवा प्रवाह हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीको भनाइ “स्थानीय सरकार जनताको ढोका–ढोकासम्म सेवा पुर्‍याउने माध्यम हो। यो नयाँ भवनबाट जनतालाई सहज, छरितो र प्रभावकारी सेवा मिल्नेछ।मधेशमा सडक र पुल निर्माणको कार्य तीव्र गतिमा अघि बढिरहेको छ, तर केही ठाउँमा ठेकेदारहरूको लापरवाहीले काममा ढिलाइ भएको छ, जुन सह्य छैन।

म यो भवन निर्माणमा समर्पित जनप्रतिनिधि र कर्मचारीहरूलाई धन्यवाद दिन चाहन्छु, जसले यस्तो महत्वपूर्ण संरचना सम्पन्न गर्न योगदान पुर्‍याए।”कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारले करिब चार वर्षको अवधिमा गाउँपालिकाको आन्तरिक स्रोतबाट रु. ३ करोड २५ लाख ९१ हजार ५९१ रुपैयाँ लागतमा प्रशासकीय भवन निर्माण सम्पन्न भएको जानकारी दिएका थिए।

उक्त समारोहमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा सर्वसाधारणहरूको उत्साहजनक उपस्थिति रहेको थियो।प्रधानमन्त्री ओलीले उद्घाटनपश्चात भवनको अवलोकन गर्दै सेवाग्राहीका लागि समर्पित र उत्तरदायी प्रशासनिक कार्यशैली विकास गर्न सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिएका थिए।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर