Lucky-Khabar_

नेपाल जनता पार्टीको कलैयामा अगुवा कार्यकर्ता भेला सम्पन

अभिलाष गुप्ता
१० साउन, कलैया|आज कलैयामा नेपाल जनता पार्टी(नेजपा) बारा जिल्ला समितिको अगुवा कार्यकर्ता भेला सम्पन् भएको छ। जिल्ला भरीमा बलियों संगठन विस्तार गर्ने, मिशन २०८४ चुनाव, हिन्दू राष्ट्र नेपाल स्थापना आन्दोलनमा अग्रणी भूमिका,तीन तहमा नेजपा सरकारको कार्य समबन्धि चासो राख्ने |

त्यसैगरि पार्टीको नीति र सिद्धांत बारे जनजागरण,सनातन हिन्दू धर्म रक्षा,धर्म परिवर्तन,गौ हत्या,लब जिहाद, कालोबजारी, सरकारी कार्यालयमा अनियमिता लगाएंतको विषयमा बृहत छलफल एवं विचार बीमर्श भएको थियो।

पार्टीको अगुवा कार्यकर्ता भेलामा नेपाल जनता पार्टीको केन्द्रीय वरिष्ठ नेता संतोष पटेल, केन्द्रीय उपाध्यक्ष ओमप्रकाश जयसवाल, केन्द्रीय सदस्यहरु प्रहलाद साह कलवार, गोपाल दास, बैजनाथ चौधरी, बारा जिल्ला उपाध्यक्ष प्रमानंद दासले आआफ्नो मनतब्य राख्नु भयो |

content ad p2


उक्त भेलामा जिल्ला सदस्यहरु लालाबाबू पटेल, जगदीश यादव, अवध यादव,महिला मोर्चा बारा जिल्ला अध्यक्ष तारा देवी, वरिष्ठ सल्लहकार गौरीशंकर मिश्रा, नेजपा पर्सा जिल्ला सदस्य पीयूष गुप्ता लगाएतकाले आ- आफनो विचार व्यक्त गरेका थिए।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर