Lucky-Khabar_

सप्तरीमा ई-रिक्सा चार्ज गर्ने क्रममा दम्पतीको मृत्यु

१०साउन,वीरगञ्ज|श्रीमान् श्रीमतीको सप्तरीमा रूपनी गाउँपालिको पौवा टोलमा शुक्रवार राति करेन्ट लागेर मृत्यु भएको छ ।

content ad p2

आफूले चलाउँदै आएको सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर स्थानीय ४७ वर्षीय बालेश्वर खंग र उनकी ४५ वर्षीय श्रीमती रामकुमारी खंगको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय राईले जानकारी दिएका छन् ।

मृतकका दुई सन्तान छोराहरू मध्ये कान्छो छोरा फरक क्षमता भएको र आमाबाबुको एकै पटक अल्पायुमा मृत्यु भएपछि परिवारमा ठुलो बज्रपात परेको रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिए । उनले भने, ‘‘यो एकदमै दुःखद घटना भएकाले गाउँपालिका शोकमा डुबेको छ ।’’

प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याइ मृतक द्वयको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र घटनाको अनुसन्धान भइरहेको राईले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर