लालबाबु सिंह
१० श्रावण वीरगन्ज । पर्साको धोबिनी गाउपालिका-५ जगरनाथपुर टोलका आगलागिबाट पिडित परिवारलाइ युवा समाजसेवी प्रकाश बाहेतीले २ बोरा चामल सहयोग प्रदान गरेका छन ।


सो सामाग्री सहयोग नारायणी अस्पताल प्राङ्गणमा एक कार्यक्रम गरि आगलागी पिडित अशेसर दासलाइ हस्तान्तरण गरिएको हो । युवा समाजसेवी प्रकाश बाहेती माहेश्वरी समाज पर्साका अध्यक्ष एवं नारायणी अस्पतालमा निशुल्क भोजन कार्यक्रमको आयोजक वीरगन्ज समाज सेवा का सचिव , मानवअधिकारकर्मी र लायन्स एवं विभिन्न सामाजिक संघसंस्था ,क्लबहरुमा आबद्ध रहि समाजसेवा कार्य गर्दै आइरहेका छन ।
सो अवसरमा समाजसेवी बाहेतीले ” सेवा नै धर्म हो “को मुलमन्त्रलाइ आत्मसात गरि दिन दुखी असहायहरु,आगलागी ,बाढी जस्तो दैवीप्रकोप, आपत बिपतका पिडितहरुको विभिन्न समयमा सक्दो खाद्यान्न लगायत सामाग्रीहरु सहित सेवा सहयोग गर्दै आएको र आज पनि सहयोग गर्न पाएकोमा आफुलाइ निकै खुशी लाग्नुको साथै गर्विलो महसुस लाग्दो रहेछ बताउदै हामी सबैले आआफ्नो आम्दानिको २ देखि ५ प्रतिशात सम्म दिन दुखी असहायको सेवा सहयोगमा खर्चिने बानी बनाएर मानवता बलियो बनाउन सम्पुर्णमा आग्रह पनि गरे ।

आगलागी पिडित दासले अचानक चट्याङ बाट हाम्रो घरमा आगलागी हुदाँ घर जलेर पुर्णरुपमा नष्ट भएको र घरमा रहेका नगद, सुनचाँदी , धान गहु, चामल,दाल ,लत्ताकपडा, भाडावर्तन टिभी,सिलाइ मेशिन , पंखा , बिजलिको मिटर लगायतसबै जलेर नष्ट भएर करिब ५ लाख बराबरको क्षति भएको पिडित अशेसर दासले बताउदै आफू मजदुरी गरि घर परिवार बालबच्चाहरुको लालनपालन गर्दै आएको बिपन्न रहेको बताउदै २ दिन पहिला वीरगन्ज कपडा बैंकले २ बोरा कपडा लगायत ६ हजार ५ सय नगद सहयोग गरेको र उहाले नै फोन गरि आज एक दाता प्रकाश जि ले २ बोरा चामल दिने भनेपछि आएको बताउदै यो सहयोग हाम्रो लागि धेरै ठूलो सहयोग हो म र परिवार कहिले नबिस्ने भन्दै दाता बाहेतिलाइ हार्दिक आभार प्रकट गरेका थिए ।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले केही दिन पहिला वीरगन्ज कपडा बैंकले आगलागि पिडित परिवारको २ बोरा नया पुराना कपडा र नगद ६ हजार ५ सय रुपैया सेवा सहयोग गरेको बताए र त्यही समाचार आग्रह सुनेर समाजसेवी बाहेतिले आफू लाई फोन गरि २ बोरा चामल सहयोग गर्ने प्रतिबद्धता अनुसार आज सो चामल सहयोग हस्तान्तरण गर्नु भएकोमा समाजसेवी बाहेतीको खुलेर प्रसंशा गर्दै यस्तै मानवताप्रेमी युवा समाजसेवीहरुले गर्दा नै दिन दुखी असहायको सेवा सहयोग थोरै भए पनि निरन्तर भैरहेको र यस्ता सुकार्यले समाजमा आपसी भाइचारा मानवता बलियो बनाउनु भएकोमा आभार जताउदै सम्पुर्णलाई पिडित दास र अन्य पिडितहरुको सहयोग गर्न आग्रह गरेका थिए ।
सो अवसरमा सहभागी समाजसेवीहरु बिनोद सराफ र राजेन्द्र भट्टराई र उपस्थित सम्पुर्ण ब्यक्तिहरुले युवा समाजसेवी बाहेती को सुकार्य र सहयोगी भावनाको खुलेर प्रसंशा गरेका थिए ।


