राम सुन्द्र आर्य
२३ साउन,वीरगञ्ज । एक पुरुष ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको छ | प्रहरीले उक्त पुरुषलाई पर्साको ठोरी गाउँपालिकामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिएको छ।

२०८२ साउन २१ गते बिहान १० बजे ठोरी गाउँपालिका वडा नं. २ मा बाख्रा चराइरहेकी बालिकालाई लोभमा पारेर जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो।

पक्राउ पर्नेमा सोही वडाका ४६ वर्षीय अशोक साह रहेका छन्। उनले बालिकालाई १० रुपैयाँको नोट दिई प्रलोभनमा पारेर नजिकैको जंगलमा लगेर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।प्रहरीले घटनापछि सोही दिन दिउँसो ३ बजे साहलाई नियन्त्रणमा लिएको थियो। उनलाई जबरजस्ती करणीसम्बन्धी कसूरमा मुद्दा चलाउनका लागि सम्मानित पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।



