२५ साउन, काठमाडौं ।एक जना ब्राह्मण पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा पक्राउ परेको छ | प्रहरीले आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक ब्राह्मणलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले उनलाई काभ्रेको बनेपाका राम शाहीको शव जलाउने क्रममा यस्तो घटना भएको भन्दै मृतकका आफन्तले उजुरी दिएपछि पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका अनुसार, पक्राउ परेका व्यक्तिलाई अहिले गौशालास्थित प्रहरी वृत्तमा राखेर अनुसन्धान भइरहेको छ। यद्यपि, प्रहरीले अहिलेसम्म शवका अंगहरू बेचबिखन भएको प्रमाणित गर्ने कुनै प्रमाण फेला पारेको छैन।

यस घटनाले पशुपति क्षेत्रमा शव व्यवस्थापनको संवेदनशीलतामाथि प्रश्न उठाएको छ।घटनाको अनुशन्धान भईरहको प्रहरी



